दफा १२
सन्धि प्रकाशन गर्नु पर्ने

नेपाल वा नेपाल सरकार पक्ष भएका सन्धिहरू मध्ये नेपाल सरकारले उचित ठहराएका सन्धिहरूको प्रामाणिक प्रति नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ।

तर व्यवस्थापिका–संसद्बाट अनुमोदन, स्वीकृति वा समर्थन भएका सन्धिहरू र व्यवस्थापिका–संसद्को निर्णयबमोजिम नेपाल वा नेपाल सरकार सम्मिलित भएका सन्धिहरू त्यसरी अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन भएको मितिले साठी दिन भित्र अनिवार्य रूपले नेपाल राजपत्रमा प्रकाशित गर्नु पर्नेछ ।